गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ : पर्यटनमन्त्री पौडेल
baahrakhari.com · Sat Jun 20 01:30:59 GMT 2026

देवदह । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने बताएका छन् ।
शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रममा उनले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए ।
राजनीतिक तथा कूटनीतिक कारणले विमानस्थल नचलेको भन्ने कुरामा सत्यता नरहेको उनको भनाइ छ । मन्त्री पौडेलले नीतिगत त्रुटी मूलभूत कारण भएको उल्लेख गर्दै यसलाई सच्याउने कार्य भइरहेको बताए ।
पौडेलले भने, “घरमै बसेर श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ । यसका लागि काठमाडौँ जान पर्दैन ।”
मन्त्री पौडेलले जहाजमा केवल नेपाली श्रमिकलाई विदेश लैजाने र घर ल्याउनेभन्दा पनि पर्यटक ल्याउन प्रवर्द्धनका कार्यक्रम गर्न आवश्यक रहेको बताए । उनले भविष्यमा निजगढ विमानस्थल पनि बन्नुपर्ने बताए । रासस
#गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
#सञ्चालन
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)