विराटनगरका व्यावसायी मृत भेटिए
onlinekhabar.com · Wed Jan 25 16:47:09 GMT 2023
११ माघ, विराटनगर । विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहनप्रसाद न्यौपाने मृत भेटिएका छन् । बुधबार विराटनगर महानगरपालिका– ३ स्थीत आफ्नै घरमा मृत भेटिएका हुन् ।
न्यौपाने विराटनगरको शनि मन्दिर रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका थिए । न्यौपाने इलेक्ट्रिक संघ मोरङका पूर्व अध्यक्ष हुन् । बुधबार उनलाई आफन्तले बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला पारेका हुन् । व्यावसाय गर्दा लागेको ऋणका कारण आत्महत्या गरेको पारिवारिक स्रोतले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)