पलेँटीको अबको शृङ्खलामा अग्रज गीतकार शिवशङ्कर थापा
ratopati.com · Wed May 27 06:02:50 GMT 2026

काठमाडौँ । २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम पलेंटीको आगामी श्रृङ्खलामा सुप्रसिद्ध गीतकार शिवशङ्कर थापाका गीति रचनाहरू प्रस्तुत हुने भएका छन् । आगामी शुक्रबार आयोजना हुने कार्यक्रम थापाका थुप्रै गीत गुन्जनेछ ।
थापा लामो समयदेखि झापाको बिर्तामोडमा रहेर साहित्य साधना गरिरहेका शब्द–शिल्पी हुन् । शिवशङ्कर नेपाली साङ्गीतिक जगतका सम्पूर्ण नेपालीभाषी माझ स्थापित नाम हो । थापाका अधिकांश गीति रचनालाई गायक तथा सङ्गीतकार दीप श्रेष्ठले धुन भरेर गाएका छन् । श्रेष्ठले धुन भरेका गीतहरू– ‘भन्थी मेरी उनी’, ‘विधुवाले सिन्दूरको रहर’, ‘म त आकाशको जून हुँ’, ‘मेरो आँखामा हरदम’ लामो समयदेखि उत्तिकै लोकप्रिय रहँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)