काठमाडौंमा आयोनको नयाँ फ्ल्यागशिप शोरुम उद्घाटन
aarthiknews.com

काठमाडाैं । CG Motors ले काठमाडौंको थापाथलीमा AION को नयाँ फ्ल्यागशिप शोरुमको औपचारिक उद्घाटन गरेको छ। यो उद्घाटन नेपालमा स्मार्ट, स्वच्छ तथा प्रिमियम विद्युतीय मोबिलिटी प्रवर्द्धन गर्ने कम्पनीको यात्रामा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको छ।
शोरुमको उद्घाटन Nirvana Chaudhary साथै GAC International र GAC AION का प्रतिनिधि Raymon Wong द्वारा संयुक्त रूपमा गरिएको हो।
कार्यक्रममा बोल्दै CG Motors ले यो केवल एउटा शोरुम उद्घाटन मात्र नभई नेपालमा स्मार्ट, स्वच्छ तथा प्रिमियम मोबिलिटीको नयाँ यात्राको सुरुवात भएको जनाएको छ। AION फ्ल्यागशिप शोरुममार्फत कम्पनीले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको EV बजारमा अझ सशक्त उपस्थिति जनाउने लक्ष्य लिएको छ। ग्राहकलाई अत्याधुनिक विद्युतीय सवारी, प्रिमियम ब्रान्ड अनुभव, उत्कृष्ट बिक्रीपछिको सेवा तथा सशक्त चार्जिङ सपोर्ट प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ।
चीन मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रियता हासिल गरिसकेका AION का SUV मोडलहरू केही समयदेखि नेपाली बजारमा उपलब्ध छन् र आधुनिक डिजाइन, सुरक्षा, नवीन प्रविधि तथा आरामदायी सुविधासहित ग्राहकहरूको रोजाइमा परिरहेका छन्। AION V एक प्रिमियम तथा शक्तिशाली इलेक्ट्रिक SUV हो, जसलाई लामो दूरीको ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको हो। यसमा 75.3 kWh ब्याट्री जडान गरिएको छ, जसले लक्जरी भेरियन्टमा 650 किलोमिटर (NEDC) सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्दछ। साथै, यसमा 100 kW मोटर, 240 Nm अधिकतम टर्क तथा 185 mm ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको छ, जसले शहरी तथा लामो दूरीको यात्राका लागि उपयुक्त बनाउँछ।
त्यसैगरी, AION Y र AION V दुवैले GAC Motor को उन्नत EV प्रविधि, लामो ड्राइभिङ रेन्ज, आरामदायी डिजाइन तथा सुरक्षाप्रतिको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछन्। AION Y लाई पारिवारिक प्रयोगका लागि उपयुक्त, स्टाइलिस तथा सहज EV का रूपमा प्रस्तुत गरिएको छ भने AION V लाई प्रिमियम, शक्तिशाली तथा लामो दूरीका लागि उपयुक्त इलेक्ट्रिक SUV को रूपमा बजारमा ल्याइएको छ।
GAC Motor उच्च गुणस्तरयुक्त तथा नवीन प्रविधियुक्त विद्युतीय सवारी उत्पादन गर्न प्रतिबद्ध रहेको कम्पनी हो। कम्पनीको लक्ष्य दिगो, प्रभावकारी तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नु रहेको छ।
हाल CG Motors ले नेपालभर 260 भन्दा बढी स्थानहरूमा चार्जिङ सेवा उपलब्ध गराउँदै आएको छ भने आगामी दिनहरूमा थप स्थानहरूमा चार्जिङ नेटवर्क विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ। AION Y तथा AION V सम्बन्धी विस्तृत जानकारी तथा टेस्ट ड्राइभका लागि ग्राहकहरूलाई थापाथलीस्थित नयाँ फ्ल्यागशिप शोरुम भ्रमण गर्न आग्रह गरिएको छ।
अबदेखि AION को आधिकारिक फ्ल्यागशिप शोरुम काठमाडौंको थापाथलीबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ, जहाँ ग्राहकहरूले AION का सम्पूर्ण मोडलहरू सहज रूपमा अवलोकन गर्न, ब्रान्डको प्रत्यक्ष अनुभव लिन तथा बिक्री एवं बिक्रीपछिको सेवा एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)
काठमाडौँ