झिमरुक ट्रान्सफर्मर बिग्रिँदा तीन जिल्ला अन्धकारमा
nepalpress.com · Wed May 27 06:06:50 GMT 2026

रुपन्देही । प्यूठानको झिमरुक जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि आइतबारदेखि प्युठान, रोल्पा र अर्घाखाँचीका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
आइतबार रातिदेखि विद्युत् आपूर्ति बन्द हुँदा बैंक तथा वित्तीय संस्था, मोबाइल सेवा, खानेपानी प्रणाली र सरकारी कार्यालयको कामकाज प्रभावित बनेको स्थानीयले जनाएका छन् । बुटवल पावर कम्पनी लिमिटेडले १५ एमभीए क्षमताको पावर ट्रान्सफर्मरमा समस्या देखिएकाले सेवा रोकिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)