ब्राजिलको गोल वर्षा, पहिलो हाफमै हैटीविरुद्ध ३–० को अग्रता
nepallive.com · Sat Jun 20 01:35:00 GMT 2026

काठमाडौं– विश्वकप २०२६ मा हाइटीविरुद्धको खेलको पहिलो हाफ समाप्त हुँदा ब्राजिल ३–० ले अग्रतामा छ ।
फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलले तीन गोलको अग्रता लिएको हो ।
ब्राजिलका लागि दुई गोल म्याथियस कुन्हा र एक गोल भिनिसियस जुनियरले गरे । २३औं मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएका कुन्हाले ३६औं मिनेटमा दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएका थिए। ब्राजिलका लागि भिनिसियस जुनियरले पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरे ।
यसअघि खेलको १२औं मिनेटमा ब्राजिलका राफिन्हाले गोल गरेपनि अफसाइड हुँदा मान्यता पाएन ।
पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेल्दा हाइटी स्कटल्यान्डसँग पराजित भएको थियो ।
प्रकाशित मिति: शनिबार, असार ६, २०८३
०७:२०
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
काठमाडौँ