मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाली चियामा भारतीय अवरोध

ekantipur.com · Mon Nov 22 01:07:01 GMT 2021

काँकडभिट्टा — दार्जिलिङको चिया बजारलाई मार परेको भन्दै भारतले नेपाली चिया आयातमा रोक लगाउने तयारी गरेको छ । टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयात रोक्न माग गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयसँग मागसमेत गरेको छ ।

नेपाली चियालाई प्रतिबन्ध लगाउन भारतले आयातकर्तामाथि विभिन्न अंकुश लगाउन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए । भारतका लागि नेपाली चिया ‘टाउको दुखाइ’ बन्दै गएको उनको भनाइ छ । ‘आयातमा रेस्ट्रिक्सन लगाइहालेको छ हैन । तर दुःख दिन भने सुरु गरेको छ ।’ टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयात नरोके लाइसेन्स रद्द गर्नेसम्मको धम्की दिन थालेको भारतका एक आयातकर्ताले जनाए । भारतका चिया उद्योग र टी फोरम अफ इन्डियाले पनि नेपालका चिया आयातप्रति चिन्ता व्यक्त गरेका छन् । ती संस्थाले पनि नेपाली चियाको आयात तत्काल रोक्न सरकारसँग माग गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)