मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुरमा रास्वपा केन्द्रीय समिति बैठक बस्दै

nepallive.com · Sat Jun 20 01:49:54 GMT 2026

काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक चितवनको भरतपुरमा आह्वान भएको छ ।

महाधिवेशनको तयारीसँगै रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठक दिउँसो १ बजे भरतपुरको होटेल एिमटीमा बस्न लागेको हो । बैठकमा महाधिवेशनलगायतका एजेन्डामा छलफल हुनेछ ।

बैठकमा राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि, प्रतिवेदन, विधान संशोधन प्रमुख एजेन्डा रहेको बताइएको छ । भोलिदेखि रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ ।

प्रकाशित मिति: शनिबार, असार ६, २०८३

०७:३४

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)