निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द गरिँदै
ajakoartha.com · Wed May 27 06:22:00 GMT 2026

काठमाडौं- सरकारले निजी अस्पतालमा दिइँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो ।
बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बोर्डको यही जेठ ११ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । बोर्डले सार्वजनिक गरेको सूचनामा यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)