बीमा प्राधिकरणको अध्यक्ष पद नियुक्तिका लागि आवेदन माग
himalpress.com · Wed May 27 06:24:39 GMT 2026

काठमाडौँ- नेपाल बीमा प्राधिकरणको अध्यक्ष पद नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन माग गरेको छ । रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि नाम सिफारिस गर्ने समितिले एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका नागरिकलाई ७ दिनभित्र आवेदन दिन भनेको छ । जेठ १९ गतेभित्र इच्छुक नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन पेश गर्नुपर्नेछ ।
प्राधिकरणको अध्यक्षका लागि बीमा, मौद्रिक, बैकिङ वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)