मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटनको नयाँ क्षितिज

gorkhapatraonline.com · Sat Jun 20 01:51:50 GMT 2026

‘हाम्रो सुन्दर सुदूरपश्चिम प्रदेश हामी चिनाउँछौँ’ भन्ने सङ्कल्पका साथ कर्णाली नदीपारिको पर्यटकीय सपना अब साकार हुँदै छ । परिकल्पना अवश्य पूरा हुन्छ । धमाधम बन्दै गरेको तीन हजार एक सय मिटर लामो ‘जाल्पादेवी केबुलकार’ र प्रस्तावित चार/पाँच किलोमिटर दुरीको ‘प्याराग्लाइडिङ’ उडानले सुदूरपश्चिमको पर्यटनमा ठुलो परिवर्तन ल्याउने छ । सफल उद्योगपति चन्द्रप्रसाद ढकाल समूहको सात अर्ब रुपियाँ लगानी र सुदूरपश्चिम प्रदेश सरकारको सव्रिmय सहयोगमा यो बहुआयामिक काम सम्पन्न हुँदै छ ।

यो व्यवसायले सुदूरपश्चिमको मूलढोका मानिने कर्णाली चिसापानी, विकट मोहन्याल गाउँपालिका, लम्कीचुहा र ऐतिहासिक टीकापुर नगरपालिकालाई आपसमा जोड्ने छ । ८५ बिघा क्षेत्रफलमा फैलिएको नेपालकै सबैभन्दा ठुलो टीकापुर पार्क र व्यवस्थित सहरी मापदण्ड अनुसार बनेको यो क्षेत्र अब नयाँ स्वरूपमा चिनिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)