मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका-इरान वार्तालाई पुनः गति दिन ट्रम्पका विशेष दूत स्विट्जरल्याण्ड प्रस्थान

lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ स्विट्जरल्याण्डतर्फ प्रस्थान गरेका छन्। सीएनएनका अनुसार अमेरिका र इरानबीच प्राविधिक स्तरको वार्तालाई पुनः गति दिने प्रयास स्वरूप उनी त्यसतर्फ लागेका हुन्।

यस सम्भावित वार्तामा सहभागी हुन ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि स्विट्जरल्याण्ड पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि, यो वार्ता कहिलेदेखि शुरू हुन्छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। वार्ताको अर्को चरण गत शुक्रबारदेखि नै शुरू हुने कार्यतालिका रहे पनि लेबनानमा इजरायल र हिजबुल्लाहबीच बढेको हिंसाका कारण यसलाई अचानक स्थगित गरिएको थियो।

विशेष दूत विटकफ र कुश्नरले नै यसअघि इरानसँग प्रारम्भिक समझदारी पत्र टुङ्गोमा पुर्‍याउने वार्ताको नेतृत्व गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय