मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तलब नपाएपछि शिक्षक धर्नामा

gorkhapatraonline.com · Sat Jun 20 02:11:05 GMT 2026

गाउँपालिकाभित्रका ३९ सामुदायिक विद्यालयका शिक्षकलगायत अन्य सहयोगीले लामो समयदेखि तलब नपाएको भन्दै विद्यालय बन्द गरेर धर्नामा उत्रिएका छन् ।

दैलेखको ठाटीकाँध गाउँपालिकाको विद्यालयमा कार्यरत पालिका अनुदान शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा कार्यालय सहयोगी गरी ९६ जनाले तलब पाएका छैनन् । पालिकाले करिब दुई करोड ८५ लाख ७८ हजार रुपियाँ तलब शिक्षकलाई दिन बाँकी रहेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)