ब्राजिल पहिलो हाफमै ३–० ले अगाडि
newsofnepal.com · Sat Jun 20 02:13:37 GMT 2026

काठमाडौं ।
फिफा विश्वकप २०२६ अन्तर्गत हाइटीविरुद्धको खेलमा ब्राजिलले पहिलो हाफमै ३–० को अग्रता बनाएको छ। फिलाडेल्फिया स्टेडियममा जारी खेलमा म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे।
कुन्हाले २३औं र ३६औं मिनेटमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल थप्दै अग्रता ३–० पुर्याए। ब्राजिलले पहिलो हाफभरि खेलमा स्पष्ट दबाब कायम राखेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ
फिफा