अमेरिकामा मुद्रास्फीति उच्च, फेडलाई ब्याजदर बढाउने दबाब
aarthiknews.com

वाशिङ्टन। अमेरिकामा उपभोक्ता मुद्रास्फीति अगस्टमा उच्च रहेपछि आगामी साता फेडरल रिजर्भले ब्याजदरसम्बन्धी निर्णय गर्दा थप दबाबमा पर्ने देखिएको छ। अगस्टको मुद्रास्फीति तथ्यांकले मूल्यवृद्धि नियन्त्रणमा अपेक्षित सुधार नदेखाएपछि फेडले ब्याजदर बढाउन सक्ने सम्भावना बढेको छ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको मौद्रिक नीति निर्धारण समितिको बैठक सेप्टेम्बर १५ र १६ मा हुँदैछ। फेडका गभर्नर क्रिस्टोफर वालरले अगस्टका तथ्यांकले मुद्रास्फीतिमा सुधार नदेखाए ब्याजदर बढाउनुपर्ने अवस्था आउन सक्ने बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)