बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु
himalpress.com · Sat Jun 20 02:18:48 GMT 2026

काठमाडौँ- नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लु।प्र।०१–००१ ख ०६६५ नम्बरको बसले चिसापानीमा यात्रु ओराली सडक मोड्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको ना ५ ख १९०५ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–६ बस्ने ३० वर्षीया नेहा गुरुङको घाइते भई उपचारका लागि चिसापानी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)