भैरहवा भन्सारबाट १९ अर्ब रुपैयाँको मोटरसाइकल आयात
nepalnews.com · Wed May 27 06:51:48 GMT 2026

बुटवल। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा भैरहवा भन्सार हुँदै १८ अर्ब ९६ करोड रुपैयाँ मूल्य बराबरका मोटरसाइकल आयात भएकोछ।
चालू आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म १ लाख ४८ हजार ८५२ युनिट मोटरसाइकल आयात भएको भन्सार कार्यालयले जनाएको छ। जसको कुल मूल्य १८ अर्ब ९६ करोड, २७ लाख १८ हजार रुपैयाँ कायम रहेको छ। यी मोटरसाइकल उपभोक्तासम्म आइपुग्दा भन्सार महसुल, मूल्य अभिवृद्धि कर र प्रतिगोटा १८ हजार रुपैयाँ सडक दस्तुर लाग्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)