प्रतिनिधिसभा बैठक : श्रम संस्कृति पार्टीको विरोध कायमै
gorkhapatraonline.com · Wed May 27 06:52:57 GMT 2026

प्रतिनिधिसभा बैठकको सुरूआतमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट ‘रूलिङ’ हुनुपर्ने माग दोहोर्याउँदै त्यसो नहुँदासम्म आफ्नो विरोध कायमै रहने बताउनुभयो ।
सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई आशन ग्रहण गर्न आग्रह गर्नुभयो । यसपछि सांसद राईले विरोध जनाउँदै बैठक बहिष्कार गर्नुभयो । बैठकमा अहिले आकस्मिक समय सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)