आर्थिक संकटपछि निजी अस्पतालहरुमा स्वास्थ्य बीमा सेवा स्थगन
corporatenepal.com · Wed May 27 06:47:31 GMT 2026

काठमाडौं । निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य बीमाका सेवा स्थगन गरिएको छ । स्वास्थ्य बीमा बोर्डमा बढ्दै गएको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका निम्ति आकस्मिकबाहेकका सम्पूर्ण सेवामा बन्द गर्ने निर्णय गरिएको हो ।
बोर्डको निर्णयमा भनिएको छ, ‘स्वास्थ्य बीमा बोर्डको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू मिति २०८३ साल जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)