महाधिवेशनअघि पाँच विषयमा छलफल गर्न बस्दैछ रास्वपा केन्द्रीय समिति
setopati.com · Sat Jun 20 02:24:39 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ।
शनिबार दिउँसो १ बजे चितवनको होटल सिएमटीमा केन्द्रीय समिति बैठक बस्ने तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
महाधिवेशन सम्मुखमा बस्न लागेको केन्द्रीय समिति बैठकका लागि पाँचवटा कार्यसूची निर्धारण गरिएको छ।
महाधिवेशन तयारी, महाधिवेशनका प्रतिनिधि, त्यहाँ प्रस्तुत हुने प्रतिवेदन, विधान र महाधिवेशनकै विविध विषयमा छलफल हुने कार्यसूची छ।
रास्वपाको केन्द्रीय महाधिवेशन चितवनमा भोलिदेखि सुरू हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)