खजुरामा समयमै काम नभएका पाँच आयोजनाको ठेक्का रद्द
gorkhapatraonline.com · Wed May 27 06:58:04 GMT 2026

बाँकेको खजुरा गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने पाँच वटा आयोजनाको ठेक्का रद्द गरेको छ । वडा नं. ४ एफगाउँमा करिब ५०० मिटर सडक कालोपत्रे गर्न २०७७ फागुन १२ गते अमन कन्स्ट्रक्सन, गुलरिया–५, बर्दियासँग ठेक्का सम्झौता भएको थियो । कम्पनीले २०७८ जेठ ३० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरे पनि हालसम्म काम पूरा भएको छैन ।
दुई भागमा अलग–अलग ठेक्का आह्वान गरिएको उक्त योजना अन्तर्गत ग्राभेल हाल्ने र गिट्टी बिछ्याउने काम भए पनि कालोपत्रे हुन नसक्दा सडक पुनः जीर्ण बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)