मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री नआउने भए आफूलाई निकाल्न माग गरेका हर्क आफैँ निस्किए

nepalviews.com · Wed May 27 06:56:12 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई बैठकमा बोलाउन नसक्ने भए आफैँलाई निकाल्न सभामुखसँग माग गरेका हर्क साम्पाङले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता साम्पाङले संसद् बैठकमा प्रधानमन्त्रीलाई बोलाउन नसक्ने भए आफूलाई संसद्‌ नियमावालीअनुसार निस्कासन गर्न अनुरोध गरेका थिए ।

सभामुख डोल प्रसाद अर्यालले हिजो पनि यो विषयमा कुरा भएको जवाफ दिए ।

त्यसपछि साम्पाङ आफैँ बैठक हलबाट बाहिरिएका छन् ।

त्यसपछि सभामुखले बैठक अगाडी बढाए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय