कुन्हाको २ गोलमा ब्राजिलको सहज जित
nepalviews.com · Sat Jun 20 02:33:43 GMT 2026

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह 'सी'को खेलमा ब्राजिलले सहज जित निकालेको छ ।
शनिबार बिहान भएको खेलमा ब्राजिलले हाइटीविरुद्ध ३-० गोलको जित निकालेको हो ।
ब्राजिलका म्याथेस कुन्हाले खेलको २३ औं मिनेटमा पहिलो गोल गर्दै खेलमा अग्रता बनाएका थिए । दोस्रो गोल पनि म्याथेस कुन्हाले नै ३६औं मिनेटमा गरे ।
ब्राजिलका लागि तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गरे ।
दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन् ।
यससँगै ब्राजिलले दुई खेलमा एक जित र एक बराबरीसहित ४ अंक जोडेको छ ।
पाँच पल्टको विश्व च्याम्पियन ब्राजिल यसअघिको पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ