साम करन बने आईपीएलका सर्वाधिक महंगा खेलाडी
hamrakura.com · Fri Dec 23 00:00:00 GMT 2022
काठमाडौं । इङ्गल्याण्डका अलराउन्डर साम कन इन्डियन प्रिमियर लिग आईपीएलका सबैभन्दा महंगा खेलाडी बनेका छन् । शुक्रबार कोच्चीमा भएको मिनी अक्सनमा २४ वर्षीय करन १८.५० भारतीय रुपैयाँमा पञ्जाब किंग्समा बिक्री भएका हुन् । उनले यसअघिका महंगा खेलाडी दक्षिण अफ्रिकाका क्रिस मोरिसको रेकर्ड तोडेका हुन् । मोरिसको नाममा १६.२५ करोड भारु रहेको थियो ।
करन इङ्गल्याण्डलाई टी–२० विश्वकप जिताउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)