प्रधानमन्त्री बालेन शाहको दीर्घकालीन सोचको युरोपेली सङ्घद्वारा उच्च प्रशंसा
barnanmedia.com · Wed May 27 07:06:46 GMT 2026

काठमाडौँ, जेठ १३ – नेपालका लागि युरोपेली सङ्घ (EU) की राजदूत भेरोनिक लोरेन्जोले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कार्यशैली र भिजनको खुलेर प्रशंसा गरेकी छन्। सिंहदरबारमा भएको उच्चस्तरीय सामूहिक भेटघाटपछि राजदूत लोरेन्जोले प्रधानमन्त्री शाहमा नेपाललाई रूपान्तरण गर्ने स्पष्ट मार्गचित्र रहेको बताएकी हुन्।
प्रधानमन्त्री शाहसँगको भेटपछि प्रतिक्रिया दिँदै राजदूत लोरेन्जोले भनिन्— ‘हामीले प्रधानमन्त्रीमा नेपालका लागि ठूलो र दीर्घकालीन परिवर्तन गर्ने सोच देख्यौं।’
भेटघाटका क्रममा युरोपेली प्रतिनिधिमण्डलले नेपालको नयाँ नेतृत्वसँग सुशासन, आर्थिक विकास, र देशभित्रै रोजगारी सिर्जना गर्ने कार्यमा पूर्ण रूपमा सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएको छ। 'टिम युरोप' को यो ऐक्यबद्धताले नेपाल र युरोपेली सङ्घबीचको रणनीतिक साझेदारीलाई आगामी दिनमा थप मजबुत बनाउने विश्वास लिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन शाह