मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता

nepallive.com · Sat Jun 20 02:38:08 GMT 2026

काठमाडौं– ब्राजिलले फिफा विश्वकपमा हाइटीमाथि सहज जित हात पारेको छ ।

नेपाली समयअनुसार शनिबार बिहान अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा ब्राजिलले हाइटीमाथि ३–० गोलको सहज जित हात पारेको हो ।

ब्राजिलको जितमा म्याथ्युस कुन्हाले दुई तथा भिनियस जुनियरले एक गोल गरे । कुन्हाले २३औँ र ३६औँ तथा भिनियसले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन् ।

जारी विश्वकपमा ब्राजिलको यो पहिलो जित हो । ब्राजिलले पहिलो खेल मोरक्कोसँग बराबरी खेलेको थियो ।

यो जितसँगै ब्राजिल विश्वकप २०२६ मा शनिबार हाइटीलाई ३–० ले हराउँदै समूह 'सी' को शीर्ष स्थानमा उक्लेको छ ।

ब्राजिलको दुई खेलबाट चार अंक भएको छ र अन्तिम ३२ मा प्रवेशको सम्भावना बलियो भएको छ । मोरक्को पनि समान चार अंकमा रहेको छ । ब्राजिलले गोल अन्तरले अगाडि रहेको हो ।

प्रकाशित मिति: शनिबार, असार ६, २०८३

०८:२३

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)

सम्बन्धित विषय