मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण सुस्त
gorkhapatraonline.com · Sun Jul 30 06:15:17 GMT 2023
काठमाडौँ, साउन १४ गते । मस्तिष्क मृत्युसम्बन्धी कानुन बनेको सात वर्ष बितिसक्दा पनि मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण उल्लेख्य रूपमा हुन सकेको छैन । नेपालमा मस्तिष्क मृत्युबाट हालसम्म १० जनाको मिर्गौला प्रत्यारोपण र तीन जनाको कलेजो प्रत्यारोपण भएको छ । विदेशमा भने ८० प्रतिशत अङ्ग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने गरेको छ ।
शनिबार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले तयार गरेको मस्तिष्क मृत्यु तथा अङ्गदानसम्बन्धी वृत्तचित्र ‘पुनर्जन्म’ प्रदर्शनी कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मस्तिष्क मृत्युपछि हुने अङ्ग प्रत्यारोपणका लागि जनचेतनाको खाँचो रहेको बताउनुभयो । उहाँले कानुन बनेर मात्र नहुने भन्दै त्यसलाई कार्यान्वयनका लागि सबै पक्षको समन्वय हुनुपर्ने बताउनुभयो । स्वास्थ्यमा दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री बस्नेतले २२ वर्षअगाडि ३३ हजार दरबन्दी रहेकामा अहिले घटेर ३१ हजारमा झरेको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)