फिफा विश्वकप : हाइटीविरुद्ध ब्राजिलको शानदार जित
nagariknews.nagariknetwork.com · Sat Jun 20 02:33:20 GMT 2026

फिफा विश्वकपमा शुक्रबार हाइटीविरुद्ध ब्राजिलले शानदार जित निकालेको छ।
फिलाडेल्फिया स्टेडियममा सम्पन्न समूह सी को यो खेलमा हाइटीविरुद्ध ब्राजिलले ३-० को गोलको अन्तरले जित निकालेको हो।
खेलको ४५ प्लस ३ मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल गर्दै ब्राजिलको अग्रता कायमै गरेका थिए। यसैगरी, खेलको ३६औँ र २३औँ मिनेटमा फरवार्ड म्याथ्यूस कुन्हाले दोस्रो र पहिलो गोल गरेर ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।
यी दुई टोली अन्तिम पटक २०१६ कोपा अमेरिकामा भेटेका थिए, जहाँ ब्राजिलले हाइटीलाई ७-१ को विशाल अन्तरले पराजित गरेको थियो। विश्वकप इतिहासमा यी दुई टोली पहिलो पटक आमनेसामने भएका थिए।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा