कक्षा १२ मा अंग्रेजी र लेखामा बढी अनुत्तीर्ण, ९ प्रतिशतले मौका परीक्षा दिन नपाउने
annapurnapost.com · Sat Jun 20 02:39:57 GMT 2026

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ३९औं दिनमा शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको छ। गत वर्ष ७८ दिन लगाएर परीक्षाफल प्रकाशन गरेको बोर्डले यस वर्ष भने सरकारको कार्यादेशअनुसार चाँडै परीक्षाफल प्रकाशन गरेको हो।
गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १ सय ७० विद्यार्थी परीक्षार्थी सहभागी रहेका थिए। प्रकाशित नतिजाअनुसार आंशिकतर्फका ३६ हजार ४ सय २० सहित कुल २ लाख ६८ हजार १ सय ९० परीक्षार्थी उत्तीर्ण भएका छन्। नियमित र आंशिक गरी ६४.३१ प्रतिशत परीक्षार्थीले कक्षा १२ को परीक्षा उत्तीर्ण गर्न सफल भएका बोर्डले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)