रोगले सुक्न थाले सुन्तला
ekantipur.com · Tue Sep 05 16:43:08 GMT 2023
सल्यान — सुन्तला उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको बाग्चौर नगरपालिका–८ र ९ कोटमौलामा किसानले लगाएको सुन्तलामा ढुसीजन्य पिंक रोगको प्रकोप देखिएको छ । किसानले ओसिलो तथा बाक्लै सुन्तला लगाएको ठाउँमा रोगको प्रकोप देखिएको हो । रोगका कारण किसानको बगैंचामा फल लागेका सुन्तला बोट सुक्दै गएका छन् ।
बाग्चौरका दुई वडामा झन्डै ३ सय किसान व्यावसायिक सुन्तला खेतीमा निर्भर छन् । उनीहरूले झन्डै २ हजार रोपनी जग्गामा एक लाखभन्दा बढी सुन्तलाका बोट लगाएका छन् । त्यसमध्ये रोगका कारण करिब २० सुन्तलाका बोट सुकेको कृषि प्राविधिकको भनाइ छ । बगैंचामा रोगको प्रकोप फैलिएपछि कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा विज्ञको टोलीसहित रोगको पहिचान र नियन्त्रण र अनुगमनका लागि किसानको बगैंचामा पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)