मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हाइटीविरुद्ध ब्राजिल विजयी

nepalnews.com · Sat Jun 20 02:52:04 GMT 2026

काठमाडौँ। फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले हाइटीलाई ३-० गोल अन्तरले पराजित गरेको छ।

शनिबार बिहान अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा ब्राजिलले हाइटीमाथि ३–० गोलको सहज जित हात पारेको हो।

ब्राजिलका म्याथेस कुन्हाले खेलको २३ औं मिनेटमा पहिलो गोल गर्दै खेलमा अग्रता बनाएका थिए। दोस्रो गोल पनि म्याथेस कुन्हाले नै ३६औं मिनेटमा गरे।

ब्राजिलका लागि तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गरे।

दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन्।

यससँगै ब्राजिलले दुई खेलमा एक जित र एक बराबरीसहित ४ ‍अंक जोडेको छ।

ब्राजिल यसअघिको पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय