बागमती गाउँपालिकाले ल्यायो ७३ करोड २० लाखको बजेट
ratopati.com · Sat Jun 20 02:50:12 GMT 2026

मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि ७३ करोड २० लाख बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको बागमती गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष फणीन्द्र तिल्सिनाले आगामी आर्त्गिक वर्षका लागि ७३ करोड २० लाख रुपैयाँको बजेट प्रस्ताव पेस गरेका हुन् ।
कुल बजेटमध्ये चालू खर्चतर्फ ४७ करोड २९ लाख ४ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ २५ करोड २९ लाख रुपैयाँ प्रस्ताव गरिएको उपाध्यक्ष तिमल्सिनाले बताए । उपाध्यक्ष तिमल्सिनाले प्रस्तुत बजेटमध्ये सामाजिक विकासतर्फ ३५ करोड २८ लाख ६५ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ६ करोड ५ लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ १६ करोड १९ लाख रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धिततर्फ ३० करोड ९० लाख रुपैयाँ तथा कार्यालय प्रशासनिक खर्चतर्फ १२ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)