मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालबालिकामा गेमिङको लत बढ्दो, सांसद प्रकाश पाठकको माग- 'तत्काल प्रतिबन्ध गरियोस्'

ictsamachar.com

काठमाडौं । प्रतिनिधि सभाका सांसद प्रकाश पाठकले अनलाइन गेमिङ एप, विशेष गरी फ्री फायर जस्ता खेलमाथि प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै सांसद पाठकले अनलाइन गेमको बढ्दो लतले बालबालिकामा गम्भीर मानसिक समस्या निम्त्याइरहेको दाबी गरे ।

उनले बारामा भएको एक घटनाको उदाहरण दिँदै फ्री फायर खेल्न बानी परेका एक बालकले मोबाइल फोन खोसिएपछि आत्महत्या गरेको उल्लेख गरे । उनका अनुसार अनलाइन गेमिङको लतका कारण बालबालिका मात्र नभई परिवार समेत प्रभावित भइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)