मुस्ताङ नाकाबाट भित्रिएका ईभी नियमसम्मत, रसुवा भन्सारमा कैफियत पुष्टि; १३ कर्मचारी निलम्बित
aarthiknews.com

काठमाडौं । भन्सार विभागले मुस्ताङस्थित कोरलानाका र रसुवागढी भन्सारबाट आयात भएका विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धमा गरेको छानबिनको प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्दै मुस्ताङ नाकाबाट भित्रिएका सवारीसाधन नियमअनुसार नै भन्सार प्रक्रिया पूरा गरेर नेपाल प्रवेश गरेको जनाएको छ भने रसुवा नाकामा भने गम्भीर कैफियत भेटिएको पुष्टि गरेको छ।
विभागले जारी गरेको विज्ञप्तिअनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले जेठ १२ र १३ गते कुल ६४९ वटा ईभी ९ वटा प्रज्ञापनपत्रमार्फत घोषणा भई जाँचपास प्रक्रियामा गएको र ती सबै सवारीसाधन जेठ १४ भित्रै नेपाल प्रवेश गरिसकेको निष्कर्ष निकालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)