बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
annapurnapost.com · Wed May 27 07:33:33 GMT 2026

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजविराजबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको भए हो । मृतक अन्दाजी २२–२३ बर्षको रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)