कमेडीका बादशाह अब ‘भगवान् गणेश’ अवतारमा
ratopati.com · Wed May 27 07:45:00 GMT 2026

काठमाडौँ । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेललाई दर्शकले अब फरक अवतारमा देख्न पाउने भएका छन् । उनी यो पटक ‘भगवान् गणेश’को अवतारमा देखिन लागेका हुन् । नेता तथा विश्वचर्चित व्यक्तिको क्यारिकेचरमा चर्चा बटुलेका उनी कान्तिपुर थिएटरमा मञ्चन तयारीमा रहेको नाटक ‘महाभारत’ फरक अवतारमा देखिने भएका हुन् । शिरमा भगवान् गणेशको प्रतीकात्मक मुकुटसहित उनी रङ्गमञ्चमा उत्रिँदैछन् ।
यसअघि उनले ‘भ्रष्टाचार’ नामक एक भिडियोमा भगवान् श्रीकृष्णको गेटअपमा सामाजिक विसङ्गतिमाथि व्यङ्ग्य प्रस्तुत गरेका थिए । यद्यपि प्रत्यक्ष रङ्गमञ्चमा भगवान् गणेशको रूप धारण गर्नु उनका लागि नितान्त फरक र गम्भीर अनुभव हुनेछ । गजुरेल यसै नाटक मार्फत पहिलो पटक रङ्गमञ्चमा डेब्यु गर्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)