खैरो हेरोइनसहित दुई जना पक्राउ
gorkhapatraonline.com · Sat Jun 20 03:14:57 GMT 2026

। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका –४ न्युरोडमा लागूऔषध खरिद–बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
शङ्कास्पद अवस्थामा रहेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम २४० मिलिग्राम पदार्थ बरामद भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)