ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा, हाइटी विश्वकपबाट बाहिरियो
nepalbahas.com · Sat Jun 20 03:13:22 GMT 2026

ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा, हाइटी विश्वकपबाट बाहिरियो
६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिल शीर्ष स्थानमा उक्लिएको छ। हाइटीविरुद्धको जितपछि ब्राजिलले दुई खेलबाट चार अंक जोड्दै समूहको नेतृत्व कायम गरेको हो।
ब्राजिलसँग समान चार अंक भए पनि गोलअन्तरका आधारमा मोरक्को दोस्रो स्थानमा रहेको छ। मोरक्कोले पनि दुई खेलबाट चार अंक नै बटुलेको छ। यता, दुई खेलमा तीन अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ भने हाइटी लगातार दोस्रो हारसँगै अंकविहीन अवस्थामा पुछारमा रहेको छ।
लगातार दुई खेलमा पराजय भोगेपछि हाइटीको नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। समूह चरणको अन्तिम खेल बाँकी रहे पनि उसले अन्तिम १६ मा स्थान बनाउने अवसर गुमाइसकेको छ।
अब समूह चरणको अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने मोरक्कोले हाइटीको सामना गर्नेछ। अन्तिम खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। समूह ‘सी’ मा ब्राजिल, मोरक्को र स्कटल्यान्डबीच नकआउट चरण प्रवेशका लागि प्रतिस्पर्धा कायम रहँदा हाइटी भने प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ।
फूटबल
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
हाइटीको रक्षापंक्ति भत्कियो, ब्राजिल ३ गोलले अगाडि
असार ६, २०८३ शनिबार
फिफा विश्वकप फुटबल–२०२६ : अमेरिकाद्वारा अष्ट्रेलिया २–० गोलअन्तरले पराजित
असार ६, २०८३ शनिबार
ब्राजिलले पहिलो हाफमै हाइटीविरुद्ध ३–० को अग्रता बनायो
असार ६, २०८३ शनिबार
नेपालबहस ट्रेन्डिङ
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी
नेपालबहस संवाददाता
असार ५, २०८३ शुक्रबार
Tweets by nepalbahas
लोकप्रिय
१
सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी
असार ५, २०८३ शुक्रबार
२
फुटबलको विश्वमञ्चमा भारतीय मूलका ४ खेलाडीको दमदार उपस्थिति
असार ५, २०८३ शुक्रबार
३
अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतम दोषी ठहर
असार ५, २०८३ शुक्रबार
छुटाउनुभयो कि?
ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा, हाइटी विश्वकपबाट बाहिरियो
असार ६, २०८३ शनिबार
आजको बजारभाउ : गोलभेँडा सस्तो, च्याउ र सुकेको खुर्सानी महँगो
असार ६, २०८३ शनिबार
‘फोटोका लागि भिक्षा मागिन्’ भन्ने ट्रम्पको दाबीलाई मेलोनीले भनिन्– पूर्णतः बनावटी
असार ६, २०८३ शनिबार
चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
असार ६, २०८३ शनिबार
कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त आज, २,१९३ विद्यार्थी दीक्षित हुँदै
असार ६, २०८३ शनिबार
आज कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षा हुने सम्भावना
असार ६, २०८३ शनिबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
फिफा