प्रधानाध्यापक मृत्यु प्रकरण : पक्राउ परेका आठै जना पुर्पक्षका लागि कारागार चलान
annapurnapost.com · Sat Jun 20 03:14:10 GMT 2026

दार्चुला : दार्चुलाको ब्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामीको मृत्यु प्रकरणमा पक्राउ परेका आठै जनालाई जिल्ला अदालत दार्चुलाले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।
जिल्ला अदालत दार्चुलाका न्यायाधीश भुवन गिरीको एकल इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो। अदालतका अनुसार हाल उपलब्ध प्रमाणका आधारमा आठै जनालाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरिएको हो। मुद्दाको अन्तिम फैसला भने थप प्रमाण, साक्षी तथा बहस प्रक्रिया सम्पन्न भएपछि हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)