नवलपरासी पश्चिममा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
barnanmedia.com · Sat Jun 20 03:13:15 GMT 2026

काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ५ बजे काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०६६५ नम्बरको बसले चिसापानीमा यात्रु ओराली सडक मोड्ने क्रममा सोही दिशातर्फ आइरहेको ना ५ ख १९०५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ