‘जेनजी’ आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्दै आयोग
baahrakhari.com · Wed May 27 07:53:00 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनसम्बन्धी प्रतिवेदन झन्डै नौ महिनापछि बुधबार (जेठ १३) सार्वजनिक गर्ने भएको छ । आयोगले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई प्रतिवेदन बुझाएलगत्तै सार्वजनिक गरिने भएको हो ।
आयोग सदस्य लिली थापाले प्रतिवेदन आजै सार्वजनिक गरिने जानकारी दिइन् । ‘‘आज प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तय भएको छ । त्यसपछि वेबसाइटमै राखिदिन्छौँ । प्रतिवेदनमा सबैको एक मत छ,” उनले बाह्रखरी सित भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)