उपाधिनजिक नेपाल
nayapatrikadaily.com · Tue May 02 00:24:00 GMT 2023
नेपाली दर्शकको क्रिकेट मोह :
घरेलु मैदानमा भइरहेको एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र युएईबीचको खेल हेर्न पुगेका दर्शकले त्रिवि क्रिकेट मैदान खचाखच भरिएको थियो । बिहान ९ बजे खेल सुरु भयो । टस जितेर नेपालले फिल्डिङ रोज्यो । युएईको २७.३ ओभर सकिँदा वर्षाका कारण ११:४८ मा दोस्रोपटक खेल रोकियो । आयोजकले मैदान पालले ढाके । वर्षा बढ्दै गए पनि दर्शकले स्थान छाडेनन् । खेलको प्रतीक्षामा उनीहरू छाता ओढेर तीन घन्टाभन्दा धेरै समय मैदानमै बसे । पानी पर्न नरोकिएपछि दिउँसो ३ बजे अम्पायरले खेल स्थगित गर्दै यही अवस्थाबाट मंगलबार सुरु गर्ने निर्णय गरे । त्यसपछि मात्रै दर्शक मैदानबाट बाहिरिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)