सरकार र दुर्गा प्रसाईँबिच सहमतिमा: कर्मचारीको तलब २० हजार बढाउने विषयमा सरकारले ‘सकारात्मक निर्णय गर्ने’
ratopati.com · Fri Jan 16 19:32:36 GMT 2026

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँबिच शुक्रबार भएको १२ बुँदे सहमतिमा निजामती कर्मचारीको तलब वृद्धिको विषय पनि समेटिएको छ ।
सहमतिमाअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मासिक तलब २० हजार रुपैयाँ वृद्धि गर्ने मागलाई सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा वित्तीय स्रोतको उपलब्धताका आधारमा सकारात्मक रूपमा विचार गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)