मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिक सरकारमा दलीय छाया: मन्त्री घिसिङ, खरेल र गुप्ता रास्वपा कित्तामा

rajdhanidaily.com · Tue Dec 30 23:30:44 GMT 2025

काठमाडौं । राजनीतिक दलका नेताबीच एकता र धु्रवीकरण तीव्र भएसँगै जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारमा दलीय प्रतिधिनित्व बढेको पाइएको छ । आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्दा सरकारमा पनि दलीय छाया प्रष्ट दखिएको छ । ‘नागरिक अगुवा’का रूपमा सरकारमा सहभागी भएकाले राजनीतिक दलको प्रत्यक्ष फेरो र नेतृत्व सम्हालेका सहमति सार्वजनिक भएपछि यस्ता मन्त्रीलाई हटाउन प्रधानमन्त्रीमाथि चर्को दबाबसमेत परेको छ ।

ऊर्जा, सहरी एवं भौतिक पूर्वाधारसहित प्रमुख तीन मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष भएका छन् । युवा तथा खेलकुदमन्त्री भएका बब्लु गुप्तादेखि सूचना तथा सञ्चार एवं सरकारका प्रवक्ता जगदिश खरेलसम्म ‘दलीय गतिविधि’मा प्रत्यक्ष सहभागी हुँदै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)