२७ सार्वजनिक संस्थानले मात्रै नाफा कमाए, १६ वटा नोक्सानीमा
clickmandu.com · Wed May 27 07:57:18 GMT 2026

काठमाडौं । सरकारको लगानी रहेका सार्वजनिक संस्थानहरूको अवस्थामा केही सुधार देखिए पनि चुनौतीहरू कायमै छन् । हाल अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये गत आर्थिक वर्ष २०८१/८२ मा २७ वटा नाफामा छन् भने १६ वटा नोक्सानीमा रहेका छन् । बाँकी २ वटा संस्थान बन्द अवस्थामा छन् । अघिल्लो वर्ष नाफामा रहेका संस्थानको संख्या २८ थियो ।
बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसमा पेश गरेको सार्वजनिक संस्थानको प्रतिवेदन अनुसार सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यसमध्ये सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)