बजेट सम्बन्धमा गठबन्धनमा दरार,एमालेले संशोधन प्रस्ताव ल्याउने
gorkhapatraonline.com · Sat Jun 20 03:27:07 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटलाई लिएर सत्ता गठबन्धनबिचको मतभेद देखिएको छ । सरकारमा सहभागी प्रमुख साझेदार दल नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) ले बजेट संशोधनको औपचारिक तयारी थालेपछि बजेटप्रति सत्ता पक्षकै असन्तुष्टि देखिएको हो ।
तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी रहेको एमालेले शुक्रबार संसदीय दलको कार्यालयमा बैठक गरी बजेटका विभिन्न पक्षको समीक्षा गरेको थियो । बैठकले प्रदेश सभामा बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गर्नुका साथै त्यसको मसौदा तयार गर्न प्रमुख सचेतक चक्र मल्लको संयोजकत्वमा कार्यदल गठन गरेको प्रदेश सभा सदस्य धर्मराज पाठकले बताउनुभयो । कार्यदलले बजेटका विवादित विषय, योजना छनोट र स्रोत विनियोजनका पक्षको अध्ययन गरेर संशोधन प्रस्ताव अन्तिम रूप दिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)