युवाको एजेण्डा बजेटमा समावेश गरिने
gorkhapatraonline.com · Sat Jun 20 03:27:24 GMT 2026

अछामको मेल्लेख गाउँपालिकाले युवाका एजेण्डा बजेटमा समावेश गर्ने भएको छ । “समृद्ध मेल्लेखको आधार, विकास र बजेट निर्माणमा युवा सरोकार” मूल नारासहित ‘अध्यक्षसँग युवा संवाद’ कार्यक्रममा यस्तो प्रतिवद्धता जनाइएको हो ।
हाम्रो मेल्लेख राम्रो मेल्लेख भन्ने मूल संकल्पका साथ पालिकालाई सफा, स्वच्छ, स्वस्थ र समृद्ध बनाउने अभियान अन्तर्गत युवाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न यो संवाद कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय तहको विकास प्रक्रिया, नीति तथा बजेट निर्माणमा युवाहरुको अर्थपूर्ण सहभागिता र भूमिकाका विषयमा सरोकारवालाबिच गहन छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)