मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

canadanepal.com · Sat Jun 20 03:30:51 GMT 2026

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन उडाउन नपाइने भन्दै सर्वसाधारणलाई सचेत गराएको छ। प्रशासनले एक सूचना जारी गर्दै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै तोकिएको समय र क्षेत्रमा ड्रोन उडाउन पूर्ण प्रतिबन्ध लगाइएको जनाएको हो।

कार्यालयका अनुसार ललितपुर महानगरपालिका–४, जावलाखेल क्षेत्रमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम हुने भएकाले सो अवसरमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। उक्त कार्यक्रम हुने दिन बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म कुनै पनि व्यक्तिले मानव रहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ।

प्रशासनले यस अवधिमा अनुमति बिना ड्रोन उडाएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिएको छ। साथै, कार्यक्रमको सुरक्षालाई प्रभाव पार्न सक्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबै पक्षलाई नियमको पालना गर्न र सुरक्षा व्यवस्थामा सहयोग गर्न अपिल गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)