मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेशमा नेपाली श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावरलाई विभागको कडा निर्देशन

newsofnepal.com · Sat Jun 20 03:29:58 GMT 2026

काठमाडौँ।

वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था अनिवार्य रूपमा अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ। रोजगार सम्झौताअनुसार तलब, सेवा–सुविधा नपाएको, सुरक्षित आवास नपाएको तथा सम्झौता विपरीत काम गर्न बाध्य पारिएको गुनासो बढेपछि सरकारले यस्तो कदम चालेको हो।

नयाँ व्यवस्थाअनुसार म्यानपावरले आफूले विदेश पठाएका प्रत्येक श्रमिक समूहको अवस्था नियमित रूपमा अनुगमन गर्नुपर्नेछ। मासिक रूपमा कम्तीमा ५ देखि १० जना श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी तलब, आवास र कार्य वातावरणबारे जानकारी लिनुपर्नेछ। समस्या देखिएमा रोजगारदाता कम्पनीसँग समन्वय गरी समाधान गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, संकलित विवरण प्रत्येक तीन महिनामा विभागमा बुझाउनुपर्नेछ। विदेश जानुअघि श्रमिकलाई रोजगार सम्झौता, श्रम अधिकार र गुनासो प्रक्रिया स्पष्ट रूपमा जानकारी गराउनुपर्ने तथा आवश्यक परे उद्धार र क्षतिपूर्तिमा पनि म्यानपावरले सहयोग गर्नुपर्ने विभागले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)