परराष्ट्र सचिव लम्साल र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता
barnanmedia.com · Fri Jul 12 22:03:37 UTC 2024

परराष्ट्र सचिव सेवा लम्साल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।
शुक्रबार उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरूको ‘रिट्रिट’मा सहभागी हुन नेपालबाट लम्साल दिल्ली गएकी थिइन्। बिहीबार सुरू भएको उक्त दुई दिने कार्यक्रमकै दौरान बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्तरूपमा शिष्टाचार भेट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)